नागढुंगा सुरुङ मार्ग

नागढुंगा सुरुङ मार्गको अवरोध हट्यो, के भयो सहमती ?

नागढुंगा सुरुङ मार्गको अवरोध हट्यो, के भयो सहमती ?

फागुन २१,धादिङ। नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ । धादिङको धुनीवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो । सिद्धार्थ लामा र कालु तामाङको घर सुरुङ मार्ग निर्माणको क्रममा पहिरोले जोखिममा परेको थियो ।

‘उहाँहरूलाई सडक विभाग मार्फत छलफल गरेर आवश्यक निर्णय गर्ने भन्दै सहमति गरेका छौं । सोही अनुसार अब अवरोध हटेको छ,’ नागढुङ्गा सुरुङ मार्ग आयोजनाका सीडीई सञ्जय पन्थले भने ।

‘कोटेसन निकालेको भन्नु भएको छ, घरको सुरक्षाको लागि जाली लगाइदिन्छु भन्नुभएको छ, आजबाट काम सुरु गर्न दिन्छौँ ‘कालु तामाङले अनलाइनकेन्द्रलाई भने ।

नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस