भारत सरकारको सहयोगमा बन्ने दाङ तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन शिलान्यास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • ५० पटक पढिएको
भारत सरकारको सहयोगमा बन्ने दाङ तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन शिलान्यास

फागुन २१, काठमाण्डौँ । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
यस अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु ४.३३१ करोड परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण भइरहेको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भइरहेको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको छ र तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको छ ।

तुलसीपुर उप–महानगरपालिका, दाङका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे । निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुअघि बढाइएका छन् र ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये लुम्बिनी प्रदेशमा १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यी मध्ये, दाङमा १९ वटा एम्बुलेन्स र ४ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ। जसमा दाङको राप्ती आँखा अस्पताललाई प्रदान गरिएको एउटा एम्बुलेन्स समावेश छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको कार्यान्वयनले प्राथमिकता क्षेत्रहरूमा पूर्वाधारको विस्तार गरी जनताको विकासका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस