फागुन २१, काठमाण्डौँ । हेटौंडा एकेडेमीले यही २३ गते शुक्रबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।
विद्यालयमै विशेष कार्यक्रमकाबीच २६ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउन लागिएको विद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । बृहत सांस्कृतिक प्रदर्शनी, विज्ञान तथा प्रविधि प्रदर्शनी, हस्तकला, चित्रकला, पुस्तक मेला र खेलकुदका सामानहरुको प्रदर्शनी एवम् खाना महोत्सवसहित वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिए ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनेछन् । सिद्धार्थ वनस्थली स्कुलमा लामो समय अध्यापन गरी आधुनिक शिक्षा प्रणाली सुधारका लागि काठमाडौंको एलआरआइ स्थापना गरेका संस्थापक प्राचार्य शिवराज पन्त, चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपाने लगायत विशिष्ट अतिथिका रुपमा सहभागी हुनेछन् ।
विद्यालयका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष समेत रहेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेललगायतको कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ ।