सवारी साधनको प्रदूषण न्यूनीकरण

साझा यातायातका ३१ मध्ये १२ वटा सवारीमा प्रदूषण जाँच फेल

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ७६ पटक पढिएको
साझा यातायातका ३१ मध्ये १२ वटा सवारीमा प्रदूषण जाँच फेल

फागुन २७,काठमाडौँ । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रमा सञ्चालनमा रहेका साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गरिएको छ ।

गत २५ फागुनमा पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा भएको परीक्षणमा ३१ वटा सवारी साधनको जाँच गरिएको थियो ।

प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएको महानगरपालिकाले जनाएको छ । त्यस्तै, १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ । फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ ।

सवारी साधनको प्रदूषण न्यूनीकरणका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको पहलमा निरन्तर निगरानी गरिने महानगरपालिकाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस