काठमाण्डौ उपत्यकासहित केही ठाउँमा वर्षा !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन २९, बिहिबार (१ महिना अघि)
  • २५ पटक पढिएको
काठमाण्डौ उपत्यकासहित केही ठाउँमा वर्षा !

फागुन २९,काठमाडौँ । नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुने गरेको छ । न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज होल्ड र ‘मिस–एप्रोच’ हुने गरेको प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

हिजो बेलुका काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मध्यम वर्षा भयो । आज बेलुका पनि काठमाण्डौसहित बागमती र कोशी प्रदेशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, गोरखा, लमजुङलगायतका जिल्लामा बदली भएर पानी परिरहेको छ । लमजुङको रैनासटारमा एक घण्टामै २४ मिलिमिटरभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तीनरचार दिन मौसम बदली रहने मौसमविदको अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस