होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा २४ पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन २९, बिहिबार (१ महिना अघि)
  • ६२ पटक पढिएको
होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा २४ पक्राउ

फागुन २९,काठमाडौँ । काठमाडौँमा होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा प्रहरीले आज ट्राफिक जाँचमा कडाइ पनि गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १३८ दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पाँचवटालाई पनि नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा भएका सवारीमध्ये ४२ वटा दुई पाङ्ग्रे र १ वटा चारपाङ्ग्रेलाई छोडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार अझै १०३ सवारी प्रहरी नियन्त्रणमै छन्।

रङहरूको पर्व होली आज पहाडी क्षेत्रमा एकआपसमा रङ दलेर मनाइँदैछ। शुक्रबार तराई क्षेत्रमा होली मनाइन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस