एकाबिहानै अप्रिय घटना : मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो, युवती घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २, शनिबार (१ महिना अघि)
  • ४३ पटक पढिएको
एकाबिहानै अप्रिय घटना : मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो, युवती घाइते

चैत्र २, सुनसरी । सुनसरीको इटहरीमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर चालक विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा बिहान सवा पाँच बजेतिर मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् । सुनुवारको विराट नर्सिङमै उपचार भइरहेको छ । मादक पदार्थ सेवन मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस