चैत्र २, काठमाण्डौँ । पोखरामा कोटीहोमका बिषयमा कुनैपनि कार्यक्रमहरु नराखिएको युवा परिषद्ले जनाएको छ । कोटिहोमको विवादित विषय समाधान गर्न पोखरा महानगरपालिका कार्यालय स्वयमले काम अगाडि बढाएको अवस्थामा युवा परिषद्ले उक्त निर्णयको पालना गर्नुपर्ने बताईएको छ । सामाजिक सञ्जालहरुमा बिबिध टिप्पढीहरु आएपछि एक बिज्ञप्ती नै जारी गर्दै कुनै पनि कार्यक्रम नराखिएको जनाएको हो ।
‘वडा युवा परिषद् वडा नम्बर ६ को आयोजनामा हुने भनि सोसल मिडियामा आएको पोखराको पर्यटन प्रवर्द्धनमा लेकसाइडमा हुने कोटिहोमको भूमिका विषयको अन्तरक्रिया कार्यक्रम वडा युवा परिषद्को क्षेत्राधिकार भन्दा बाहिर गएर, कुनै विधिमा नटेकी, नगर युवा परिषद् वा महानगरपालिका संग सल्लाह नगरिएको कार्यक्रम हो ।’ बिज्ञप्तीमा भनिएको छ’- ‘यो एकलौटी हिसाबले तोकिएको कार्यक्रम हो । कोटिहोमको विवादित विषय समाधान गर्न पोखरा महानगरपालिका कार्यालय स्वयमले काम अगाडि बढाएको अवस्थामा हामि युवा परिषद्ले उक्त निर्णयको पालना गर्नु हाम्रो न्यूनतम अनिवार्य दाईत्व सृजना हुन्छ ।’
चैत २ गते बाराही घाटमा हुने भनिएको उक्त कार्यक्रम नगर युवा परिषद्को आधिकारिक कार्यक्रम नरहेको जानकारी समेत गराएको छ ।