मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २, शनिबार (१ महिना अघि)
  • ३७ पटक पढिएको
मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते

चैत्र २, धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको हो ।

कैलाली प्रहरीका अनुसार नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् । घाइते हुुनेमा फूलबारीकै १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस