होली खेल्ने क्रममा जनकपुरमा छुरा हानाहान, एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २, शनिबार (१ महिना अघि)
  • ७९ पटक पढिएको
होली खेल्ने क्रममा जनकपुरमा छुरा हानाहान, एकको मृत्यु

चैत्र २, काठमाडौँ । जनकपुरमा होली खेल्ने क्रममा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा छुरी प्रहारबाट स्थानीय पप्पु यादवका छोरा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो ।

आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए । होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद भएपछि धर्मेन्द्रले आँशुमाथि छुरी प्रहार गरेको खुल्न आएको डीएसपी सिंहले बताए ।

उनका अनुसार साँझ पाँच बजेतर्फ बिन्धी चोकमा घटना भएको हो । धर्मेन्द्र र आँशुले मादक पदार्थ सेवन गरेको बारे चिकित्सीय परीक्षण भइरहेको प्रहरीले जनाएको छ । मधेशका अधिकांश जिल्लामा शुक्रबार नै होली मनाइए पनि जनकपुरधाममा भने शनिबार मनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस