शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए महानगरले कारबाही गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ५, मंगलबार (१ महिना अघि)
  • ५० पटक पढिएको
शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए महानगरले कारबाही गर्ने

चैत्र ५, काठमाडौँ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको पाइएमा कारबाही गर्ने भएको छ ।
महानगरभित्रका केही विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गराएको जनगुनासो आएपछि महानगरले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगराउन सूचना जारी गरेको हो ।

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ को ६ मा कसैले पनि शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना नगर्न अनुरोध गरिन्छ,’ चैत ४ गते सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘उक्त नियमावली विपरित गरिएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस