केयूका नव नियुक्त उपकुलपतिको शपथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ५, मंगलबार (१ महिना अघि)
  • ४७ पटक पढिएको
केयूका नव नियुक्त उपकुलपतिको शपथ

चैत्र ५, काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन् ।

कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ४ बमोजिम सोमबार नियुक्त गरेका हुन् ।प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय बनाउने गरी काम अघि बढाउन शुभकामना दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस