चैत्र ६,काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाउने निर्णय गरिएको छ ।
सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्दा दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय गरेको हो ।
विगतमा नवीकरणको क्रममा कतिपय स्थानमा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको थियो ।
पार्टीले तोकेको शुल्क अनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम दुई सय रुपैयाँ हो ।
पार्टीका संरचनाहरूले भवन बनाउने नाममा, पार्टीलाई सहयोग वापत लगायत विभिन्न शीर्षकमा शुल्क बढी लिने समेत गरेका थिए ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले कांग्रेसबाट पालिकामा जितेका जनप्रतिनिधिको लेबी रकम घटाउने निर्णय गरेको छ ।
कांग्रेसले पालिका अध्यक्ष÷उपाध्यक्ष, नगरका प्रमुख र उपप्रमुखको लेबी पारिश्रमिकबाट २० बाट १० प्रतिशतमा झारिएको छ । वडाध्यक्षको हकमा १० बाट घटाएर ५ प्रतिशतमा लेबी रकम कायम गरिएको छ ।