काठमाडौँमै खेताला शिक्षक छ्यापछ्याप्ती, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ७, बिहिबार (१ महिना अघि)
  • ५७ पटक पढिएको
काठमाडौँमै खेताला शिक्षक छ्यापछ्याप्ती, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत्र ७, काठमाडौँ । खेताला शिक्षक राखेर तलब दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर मावि, काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कुलेश्वर माविका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालयको लेखापाल स्मृती रेग्मी र खेताला शिक्षक बनेकी श्रुती भण्डारी भनिने अम्बिका घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोप अनुसार, उनीहरूले १ फागुन, २०८० देखि असार, २०८१ सम्म अम्बिकालाई खेताला शिक्षकको रुपमा नियुक्त गरेका थिए । अख्तियारले करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला काठमाडौं महानगरपालिकालाई जानकारी नगराई खेताला शिक्षक नियुक्त गरेको आरोप लगाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस