धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १०, आईतबार (४ हप्ता अघि)
  • ४३ पटक पढिएको
धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु

चैत्र १०, काठमाडौँ ।  कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । चैत २ गते सिलिन्डर पड्किँदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारीकि ३६ वर्षीया मिना खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खड्काको काठमाडौंस्थित बर्न हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा घाइते भएका मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशीको उपचार भइरहेको छ ।

ग्यासको सिलिन्डर जडान गर्ने क्रममा पड्किएर तीनै जना घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस