त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव फेरि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १३, बुधबार (३ हप्ता अघि)
  • ४४ पटक पढिएको
त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव फेरि स्थगित

चैत्र १३, काठमाडौँ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ । निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि तालाबन्दीका कारण स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा। अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ । त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि नौं जनाको उम्मेदवारी परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस