मौसम पूर्वानुमान : आज कहाँ-कहाँ चट्याङ्गसहित वर्षाको सम्भावना छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ४५ पटक पढिएको
मौसम पूर्वानुमान : आज कहाँ-कहाँ चट्याङ्गसहित वर्षाको सम्भावना छ ?

चैत्र १५, काठमाडौँ । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश लगायत सुदुरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ । रातिमा भने सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस