बच्चुरामको घरमा आगलागी : हेटौँडा एकेडेमीका बिब्यस अध्यक्ष सुमार्गी आफैँ पुगेर दिए ३५ हजार रुपैयाँ र लत्ता कपडा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ४८३ पटक पढिएको
बच्चुरामको घरमा आगलागी : हेटौँडा एकेडेमीका बिब्यस अध्यक्ष सुमार्गी आफैँ पुगेर दिए ३५ हजार रुपैयाँ र लत्ता कपडा

चैत्र १५, काठमाण्डौँ । हेटौंडा–११ मा अबस्थित हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमका बीच नगदसहित राहत सामग्री वितरण गरेको छ । गत चैत १ गते निजगढ–६ स्थित बच्चुराम अधिकारीको घरमा आगलागी भइ घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

बच्चुरामका छोरी सृजना घिमिरे हेटौंडा एकेडेमी विद्यालयमा कार्यरत कर्मचारी भएकोले विद्यालयले नगदसहित आवश्यक सामग्री सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिए । विद्यालयमा रहेको बालक्लव, शिक्षक कर्मचारीहरू र विद्यार्थीहरूबाट संकलन भएको नगद ३५ हजार रुपैयाँ र लत्ता कपडासहित बच्चुरामको घरमा पुगी वितरण गरिएको हो ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै समस्या आइपर्दा विद्यालय सधैँ साथमा रहेको सुमार्गीले बताए । सबै मिलेर पीडितलाई साथ दिनुपर्ने आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गीले बताइन् । आगामी दिनमा विद्यालय बालक्लवले विपत तथा दैवी प्रकोपबाट पीडित परिवारलाई यसरी सहयोग जारी राख्ने हेटौँडा एकेडेमी बाल क्लवले बताएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस