तीर्थ यात्रामा गएका दाङका वडा अध्यक्षसहित चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ४८ पटक पढिएको
तीर्थ यात्रामा गएका दाङका वडा अध्यक्षसहित चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु

चैत्र १५, काठमाण्डौँ । तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । बिहीबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो भारतको बहराइचमा दुर्घटना भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीले भारतमा भएको दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको खबर प्रप्त भएको बताए । अन्य तीनजनाको नाम भने नखुलेको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस