नागरिकलाई सास्ती भएपछि धार्केमा स्थानीयले गरे राजमार्ग अवरोध

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र १९, मंगलबार (२ हप्ता अघि)
  • ३५६ पटक पढिएको
नागरिकलाई सास्ती भएपछि धार्केमा स्थानीयले गरे राजमार्ग अवरोध

चैत्र १९,काठमाडौँ । ठेकेदार कम्पनीले सडक निर्माणको क्रममा नागरिकलाई सास्ती दिएपछि धुनिवेशीस्थित धार्केका नागरिकले पृथ्वी राजमार्ग  अवरोध गरेर ठेकेदार कम्पनीलाई सचेत गराएका छन् ।

लामो समयदेखि धार्के बजारमा धुलोले नागरिक आक्रान्त छन् । ठेकेदार कम्पनीले धार्के पुल आसपास अस्थायी रुपमा भएपनि कालोपत्रे गर्नुपर्ने उनिहरुको माग छ । यसो त निर्माण कम्पनीले लापरवाही गर्दा धार्के पुल आसपास दिनहुँ मोटरसाईकल तथा स्कुटर दुर्घटनामा पर्ने गर्छन् ।

स्थानीय अगुवा जगन्नाथ आचार्यका अनुसार निर्माण कम्पनीलाई चेतावनी दिनको लागि मंगलबार साँझ आधा घण्टा सांकेतिक विरोध गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस