कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदनमा आज सुनुवाइ हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २०, बुधबार (२ हप्ता अघि)
  • ५३ पटक पढिएको
कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदनमा आज सुनुवाइ हुने

चैत्र २०, काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त रिट निवेदनमा आजका लागि सुनुवाइ हुने भएको हो ।

घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो तर सुनुवाइ हुन सकेको थिएन । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । यता, शाक्यले भने घिसिङको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन् । उनले ४ वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको घिसिङको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस