भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २०, बुधबार (२ हप्ता अघि)
  • ४२ पटक पढिएको
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

चैत्र २०, काठमाण्डौँ । भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कुल नेरु।६२।५ करोड परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

यी १० परियोजनाहरू, अर्थात क कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सान्बा माध्यमिक विद्यालयको निर्माण ख कोशी प्रदेशको सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित न्गाग्युर न्यिङ्मा पल्युल ढोङ्गाग छोलिङ गुम्बाको निर्माण ग बागमती प्रदेशको चितवनको भरतपुर महानगरपालिकास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा नेपाल भारत मैत्री ई पुस्तकालयको निर्माण घ बागमती प्रदेशको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं ३ मा स्वास्थ्य चौकी भवनको निर्माण ङ बागमती प्रदेशको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं ६ मा स्वास्थ्य चौकी भवनको निर्माण च लुम्बिनी प्रदेशको गुल्मीको धुर्कोट गाउँपालिकास्थित निन्युखर्क माध्यमिक विद्यालयको निर्माण छ लुम्बिनी प्रदेशको रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित नयाँ गाउँ माध्यमिक विद्यालय भवनको निर्माण ज कर्णाली प्रदेशको हुम्लाको चंखेली गाउँपालिकामा नेपाल–भारत मैत्री अस्पतालको भवन निर्माण झ सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिकास्थित सिद्धनाथ माध्यमिक विद्यालयको निर्माण ञ सुदूरपश्चिम प्रदेशको बझाङको जयपृथ्वी नगरपालिकास्थित श्री सत्यवादी माध्यमिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको निर्माण, नेपालमा यी परियोजनाहरू नेपाल सरकारका स्थानीय निकायहरू जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु मार्फत कार्यान्वयन गरिनेछ ।

यी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू एचआइसीडीपीको कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधाहरू प्रदान गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनाहरू सहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र नेपालका ७ वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताहरूको सिर्जनाका क्षेत्रमा ४९५ परियोजनाहरू पूरा गरेको छ । बाँकी परियोजनाहरू विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस