यी प्रदेशमा आज हिमपातको सम्भावना, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २१, बिहिबार (२ हप्ता अघि)
  • ३५ पटक पढिएको
यी प्रदेशमा आज हिमपातको सम्भावना, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

चैत्र २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस