विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले निकाले सिठी जुलुस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २४, आईतबार (१ हप्ता अघि)
  • ५९ पटक पढिएको
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले निकाले सिठी जुलुस

चैत्र २४, काठमाडौँ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।
केही दिन यता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माईतीघरमा सिठी जुलुस निकालेका हुन् ।
उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरूले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस