दाउन्ने खण्डमा यातायात बन्द गरेर काम हुने, विकल्पमा कुन बाटो प्रयोग गर्ने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २५, सोमबार (१ हप्ता अघि)
  • १५२ पटक पढिएको
दाउन्ने खण्डमा यातायात बन्द गरेर काम हुने, विकल्पमा कुन बाटो प्रयोग गर्ने ?

|सडक अवरुद्ध मध्यविन्दु (नवलपरासी), १५ असार ः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा रोकिएका सवारीसाधन । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको छ । तस्बिर ः विष्णुप्रसाद गौडेल÷ रासस

चैत्र २५,काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा पर्सि २७ गतेदेखि यातायात बन्द गरेर काम हुने भएको छ ।

चैत २७ गतेदेखि ३१ चैतसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो । सडक विभागको आयोजना निर्देशनालयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।

आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालबाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नको लागि ठाउँ छुट्याइएको छ ।

त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालबाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ । गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत आयोजनाले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस