सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको दुई घण्टा छापा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २७, बुधबार (१ हप्ता अघि)
  • ६२ पटक पढिएको
सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको दुई घण्टा छापा

चैत्र २७, काठमाण्डौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले आज बिहान कार्यालयमा छापा हानेको हो ।

कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौं राजस्व हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिइरहेको छ । करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस