चैत्र २७, काठमाण्डौँ । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित “राइड एण्ड विन” प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सफलतापूर्वक सम्पन्न गरेको छ । ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो क्याम्पेन १० मार्च २०२५ मा सुरु भएको थियो, जसमा नेपालभरीका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
प्लाटिनम ड्राइभर गिभअवे अन्तर्गत ड्राइभरहरूले १० मार्चदेखि १६ मार्चसम्म ३५ राइड पूरा गरेपछि प्लाटिनम स्तरमा पुग्नुपर्ने थियो । त्यसपछि १७ मार्चदेखि २३ मार्चसम्म तिनीहरूले गरेका राइडहरूको आधारमा विजेता छनोट गरिएको थियो । यस अवधिमा धेरै राइड गर्ने ड्राइभरहरू जित्ने अवसरमा अगाडि थिए । यो घोषणा मार्च २६ मा बेलुका ७ः०० बजे इन्स्टाग्राममा प्रत्यक्ष प्रसारणमार्फत गरिएको थियो, जहाँ विजेताहरूको आधिकारिक रूपमा घोषणा गरियो ।