इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २८, बिहिबार (१ हप्ता अघि)
  • ५२ पटक पढिएको
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चैत्र २८, काठमाडौँ । इलामको सदरमुकामस्थित जिरो किलो भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले बताए । मृतकको पहिचान खुलेको छैन ।

पार्किङ गरेर राखेको ट्याक्टर चोरेर दौडाउँदै गर्दा दुर्घटनामा परेको आशङ्का गरिएको छ । तर, ट्याक्टर धनीसँग बुझेपछि मात्र त्यसबारे यकिन गर्न सकिने एसपी कोइरालाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस