चैत्र २९, काठमाडौँ । तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।
प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान हुने काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।
उनका अनुसार, वकिल कार्यालयपछि प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी छ । प्रहरीले अदालतबाट म्यादको अनुमति माग्नेछ ।
प्रसाईंलाई भारतको असम प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । उनलाई आज नेपाल झिकाएर औपचारिकरूपमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।