वीरगन्जमा शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २, मंगलबार (४ दिन अघि)
  • ६२ पटक पढिएको
वीरगन्जमा शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ

बैशाख २,पर्सा । वीरगन्जमा निकालियो शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ परेका छन् । चार दिन अगाडि हनुमान जयन्तीको अवसरमा निकालियो शोभायात्रमा उच्छृङ्खल गतिविधि गर्दै धार्मिक सद्भाव बिथोल्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा प्रहरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । प्रहरीको टोलीले मंगलबार साँझ वीरगन्जको छपकैयासहित विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

लगातारको निगरानीले सबै जनालाई घटना भएको चार दिनमै पक्राउ गर्न सफलता मिलेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेकोले प्रहरीले थप विवरण खुलाउन चाहेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस