मौसम पूर्वानुमान : देशभरको मौसम सामान्य बदली, अपराह्नपछि काठमाडौँमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ३, बुधबार (३ दिन अघि)
  • ४३ पटक पढिएको
मौसम पूर्वानुमान : देशभरको मौसम सामान्य बदली, अपराह्नपछि काठमाडौँमा मेघगर्जनसहित वर्षाको सम्भावना

बैशाख ३, काठमाडौँ । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । काठमाडौंसहित केही क्षेत्रमा वर्षा हुनेछ ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।

कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपाह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी प्रदेशलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस