बैशाख ३,काठमाडौँ । जवाफमा मन्त्री शाहीले वातावरण विभागले वायु प्रदुषण नियन्त्रणको लागि विभिन्न किसिमका कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गरिरहेको बताएका छन् ।
यातायातको क्षेत्रबाट उत्सर्जन हुने वायु प्रदुषण न्यूनीकरणको लागि विगतदेखि नै वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले काठमाडौं उपत्यकामा निरन्तर रूपमा सवारी साधनहरूको छड्के चेकजाँच गरिरहेको उल्लेख गरेका छन् ।
यही जवाफमा ५५३ सवारीको प्रदुषण छड्के चेकजाँच गर्दा १७३ वटा फेल भएको तथ्याङ्क छ । जवाफमा लेखिएको छ, ‘आ।व। २०८१र८२ को हालसम्म काठमाडौं उपत्यकामा चल्ने ५५३ सवारी साधनमा प्रदुषण छड्के चेकजाँच गरिएको थियो जसमध्ये १७३ सवारी साधन प्रदुषण जाँचमा फेल भएका थिए जसलाई कानून बमोजिम जरिवाना पनि गरिएको छ र यो क्रम निरन्तर रहने छ ।’
आ।व। २०८१र८२ मा काठमाडौं महानगरपालिका भित्रको क्षेत्रमा काठमाडौं महानगरपालिकाको संयोजनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहभागितामा पनि सवारी प्रदुषण चेकजाँच गरिएको हो ।
काठमाडौं महानगरपालिकाको संयोजनमा गरिएको सवारी चेकजाँच काठमाडौं महानगरपालिका भित्र मात्र गरिएको छ भने वातावरण विभागको संयोजनमा गरिएको सवारी चेकजाँच काठमाडौं उपत्यकाकाभरि नै समेट्ने गरी गरिएको छ।