चार वटा कम्पनी कालोसूचीमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ४, बिहिबार (२ दिन अघि)
  • ७६ पटक पढिएको
चार वटा कम्पनी कालोसूचीमा !

बैशाख ४,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । तीन वटा कम्पनीलाई डेढ वर्ष र एउटालाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस।एम। कन्सट्रक्सन मकवानपुर, सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमिल उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् ।

यी चार वटा कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिशमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । अन्य तीन वटा कम्पनीलाई भने डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

निर्माणको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरूलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने प्रावधान छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस