मकवानपुरगढीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, १३ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ४३ पटक पढिएको
मकवानपुरगढीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, १३ जना घाइते

बैशाख ५,काठमाडौँ । मकवानपुरको मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका हुन् ।

गएराति मकवानपुरगढी गाउँपालिका वडा नम्बर –२ धरमपानीको कान्तिलोक पथ सडक खण्डमा बा प्र ०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा रौतहटकी ५० वर्षीया निलमदेवी राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस