शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान: छात्रवृत्ति वितरण तथा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न

शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान: छात्रवृत्ति वितरण तथा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न

बैशाख ७,बर्दिवास । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिवासस्थित विनायक ब्याङ्केटमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा प्रा। डा। सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ प्रदान गरिएको थियो ।

जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा विशेष क्षमता भएका दुई विद्यार्थीहरू गरिमा परियार र दिनेश महतोलाई जनही  पाँच हजार पाँच सय पच्पन्न रुपैया र साहित्यप्रेमी मिना देवकोटाबाट सुस्मिता कट्वाललाई दुई हजार पाँच सय पच्पन्न रुपैया छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस, कोशी र बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले कविता, गीत र गजल वाचन गरेका थिए । सहभागीतामध्ये प्रमुख सर्जकहरूमा कुमार कुसुम, सुमित्रा आचार्य, बोधकुमार घिमिरे, लम्बोदर काफ्ले, डा। सुमन कर्माचार्यलगायत थिए ।

कार्यक्रम सञ्चालन नारद काफ्लेले र स्वागत भिमकुमार राउतले गरेका थिए। प्रमुख अतिथि शारदा थापाले साहित्यिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा दिन्छ भन्दै प्रतिष्ठानको दीर्घायुको कामना गरिन् ।

उक्त कार्यक्रममा भए गरेका कुराकानीहरू यही आउँदो शुक्रबार ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा प्रशारण हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस