मौसम: पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ८, सोमबार (११ घण्टा अघि)
  • ५८ पटक पढिएको
मौसम: पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक९दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस