तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (८ घण्टा अघि)
  • ५७ पटक पढिएको
तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी

काठमाडौं । हाल गण्डकी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

स्थानीय वायुको आंशिक प्रभावले देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढेको छ । मधेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना छ ।

लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरा्ध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस