काठमाडौं । आज विश्व औलो दिवस । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथै सशक्त ढङ्गले अघि बढ्न विश्व समूदायलाई आह्वान गरेको छ ।
औलो रणनीतिक योजना अनुसार सन् २०२५ सम्म औलोमुक्त हुने नेपालको लक्ष्य छ । तर, भारतसहितका देशबाट भित्रिने औलोको दर उच्च हुँदा नेपालका लागि लक्ष्य हासिल कठिन भएको छ ।
नेपालमा पछिल्ला केही वर्षमा देखिइरहेको औलो संक्रमणको ९५ प्रतिशतभन्दा बढी भारतलगायतका देशबाट भित्रिने गरेको तथ्यांक छ । भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुर औलोको जोखिममा छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को चैतसम्म ११ हजार २८९ जनामा परीक्षण गरिएकामा ३५ जनामा औलो सङ्क्रमण देखिएको थियो ।