काठमाडौं । कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकपथ विस्तारका लागि सवारी आवागमन बन्द गर्न लागिएको जानकारी गराएको हो ।
प्रशासनका अनुसार ठिंगन–बगुवा सडक खण्डमा चट्टान कटान शुरु गर्न को लागि वैशाख १८ गतेदेखि जेठ १ गते दैनिक ६ घण्टा आवागमन बन्द हुनेछ । यस अवधिमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी आवागमन पूर्ण रूपमा रोकिनेछ ।
प्रशासनले यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै यस अवधिमा काठमाण्डौ–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।