नयाँ मौसमी प्रणालीले हल्का वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १४, आईतबार (७ घण्टा अघि)
  • ४९ पटक पढिएको
नयाँ मौसमी प्रणालीले हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडिको आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले केही स्थानमा वर्षाको सम्भाबना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा हल्का वर्षा र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस