सन्दिप लामिछानेले आईपिएल डेब्युमा प्रभाबशाली बलिङ गर्नुभएको छ । उहाँले ४ ओभरमा २५ रन दिएर एक विकेट लिनुभयो । उहाँको इकोनोमि ६ दशमलब २५ रह्यो । उहाँको इनिङ मा २ चौका र एक छक्का रह्यो ।
एबि डीभिलियर्सले सन्दिपलाई एक छक्का हान्नुभयो भने बिराट कोहली र पार्थीब पटेलले एक एक चौका हान्नुभयो । आक्रामक ब्याटिङ गर्नुभएका ब्याट्स्मानले पनि सन्दिपको बलमा खुलेर खेल्न सकेनन ।
दोश्रो ओभरमा उहाँले कोहलिलाई बलिङ गर्नुभयो । कोहलिले यो बलमा कुनै रन लिन सक्नुभएन । दोश्रो बलमा कोहलिले १ रन लिनुभयो । तेश्रो बलमा पटेलले चौका हान्नुभयो । चौथो बलमा सन्दिपले विकेट लिनुभयो ।
सन्दिपले पाचौ र छैटौ बलमा एबि डिभिल्लिएर्सलाई बलिङ गर्नुभएको थियो । सन्दिपका दुई बलमा डिभिलिएर्सले कुनै रन लिन सक्नुभएन ।