ब्राजिलले क्रोएसियालाई २–० ले हरायो : नेयमार र रोबर्टो फिर्मिनोको गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २१, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौँ । मैत्रीपूर्ण खेल अन्तर्गत ब्राजिलले क्रोएसियालाई २–० ले हराएको छ । ब्राजिलका लागि चोटबाट फर्केका नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे ।

पहिलो हाफमा ब्राजिल नियन्त्रणमा देखिए पनि गोलपोस्टमा प्रहार गर्न भने असफल भएको थियो । खेलको सुरुवात बेन्चमा गरेका नेयमार दोस्रो हाफमा मैदान उत्रेका थिए । फेब्रुअरीमा घाइते भएयता नेयमार मैदान बाहिर नै थिए ।

खेलमा आएको २५ मिनेटभित्रै फिलिप कौटिन्होको पासमा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस्तै स्ट्राइकर ग्याब्रियल जेससको स्थानमा मैदान छिरेका फिर्मिनोले इन्जुरी समयमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित पारेका हुन् ।

यस विश्वकपमा बलियो दाबेदार मानिएको ब्राजिल समूह ‘ई’ मा स्विट्जरल्यान्ड, कोस्टा रिका र सर्बियासँग रहेको छ । त्यस्तै क्रोएसिया भने ग्रुप अफ डेथ मानिएको समूह ‘डि’ मा अर्जेन्टिना, नाइजेरिया र आइसल्यान्डसँग रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस