‘प्रथम नुवाकोट गोल्डकप’ : थ्रीस्टार र पुलिस क्लब आज उपाधिको लागी भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २६, शनिबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

जेठ २६,काठमाडौँ । जारी ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब आज उपाधि जित्ने तयारीमा छन् ।
उपाधि जित्नका लागि टोलीले नीतिभित्र रहेर पर्याप्त खेल कौशल प्रयोग गर्दैै खेल्ने नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताए । “फाइनल गेम जित्ने सम्भावना ५०/५० प्रतिशत हो”, थापाले भने, “थ्रीस्टार पनि कमजोर टिम होइन, हामी पनि कम छैनौंँ ।”

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जसले बढी मेहनत गर्न सक्छ उपाधि उसैले जित्ने बताए । “फाइनलमा दुवै टिमको ५०÷५० प्रतिशत नै सम्भावना हो । मैदानमा जसले बढी अवसर सिर्जना गर्न सक्छ, उसैले उपाधि उचाल्छ”, केसीले भने ।
जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बुद्धि प्रधानले पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले व्यवस्थापनमा धेरै कमजोरी रहे पनि आगामी दिनमा सुधारिने बताए ।

आज हुने फाइनलमा उपाधि जित्नेले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस