थ्रि–स्टारलाई लाग्यो झड्का : पुलिसले उचाल्यो नुवाकोट गोल्डकपको उपाधी !

Post Thumbnail

जेठ २६,काठमाडौँ । प्रथम नुवाकोट गोल्डकपको उपाधी विभागिय टिम नेपाल पुलिस क्लवले उचालेको छ । आज भएको खेलमा पुलिसको लागी ५२ मिनेटमा रविन पासवानले हानेको गोल नै निर्णयक गोल बन्यो ।

आज भएको खेलमा थ्रि स्टारले महत्वपुर्ण अवसरको सदुपयोग गर्न सकेन । उपाधि जितेको पुलिसले पाँच लाख सहित शिल्ड र मेडल प्राप्त गरेको छ । उपविजेता थ्रि–स्टारले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस