जेठ २८,काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्ने भएका छन् ।
विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र वसन्त रेग्मीको कप्तानीमा रहेको एपिएफले उपाधिका लागि कीर्तिपुर मैदानमा खेल्नेछन् ।
सेमिफाइनलमा आर्मीले प्रदेश नं ५ लाई १ सय ५४ रनले तथा एपीएफले नेपाल पुलिसलाई नौ रनले हराउँदै फाइनलमा भिडन्त पक्का गरेका हुन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैया पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैया पुरस्कार पाउनेछन् । यसअघि समूह चरणमा आर्मीले एपीएफलाई पराजित गरेको थियो ।