ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३–० ले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २८, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ २८,काठमाडौँ । ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३–० ले हराएको छ ।

ब्राजिलको जितमा उसका तीन फरवार्ड खेलाडीहरु नेयमार ग्याब्रियल जेसस र फिलिप कौटिन्होले गोल गर्न सफल भए । जेससले ब्राजिललाई खेलको ३६ औं मिनेटमा अग्रता दिलाउन सफल भएका थिए। पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो ।

६३ औं मिनेटमा नेयमारले अग्रता दोब्बर पारे । नेयमारले अघिल्लो खेलमा क्रोएसियाविरुद्ध पनि गोल गरेका थिए । त्यस्तै खेलको ६९ औं मिनेटमा कौटिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित परेका हुन् । विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह ‘ई’ मा सर्बिया, स्विट्जरल्यान्ड र दक्षिण कोरियासँग रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस