डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग स्तब्ध

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ४, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा जर्मनी मेक्सिकोसँग १(० ले पराजित भयो ।

मेक्सिकोलाई जिताउन खेलको ३५ औं मिनेटमा हिरभिङ लोजानोले गोल गरे ।

बलमा ६७ प्रतिशत नियन्त्रण राखेको जर्मनीले गोल गर्ने धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । जर्मनीले मेक्सिकोविरुद्ध २६ वटा सट प्रहार गरेको थियो । तीमध्ये ९ वटा गोलपोस्टकै दिशामा थिए । तर मेक्सिकोका गोलकिपर ओचावाले गोल हुनबाट जोगाए ।

जर्मनीले पहिलो हाफमाा भन्दा दोस्रो हामा गोलका धेरै अवसरहरु सिर्जना गर्‍यो । तर गोल गर्नबाट भने चुक्यो । मेक्सिकोले पनि गोलका केही राम्रा अवसरहरु सिर्जना गरेको थियो । यद्यपि उसले पनि गोल थप्न सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस