लुकाकुको दुई गोलसँगै बेल्जियम विजयी !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियमले विश्वकपको डेब्यू टिम पानामामाथि सहज जित हात पारेको छ ।

समूह जीमा रहेको बेल्जियमले पानामामाथि ३–० गोल अन्तरको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको बेल्जियमले दोस्रो हाफको सुरुमा नै अग्रता लियो । उसका लागि ड्रिस मार्टिन्सले गोल गरे ।

खेलमा पानामाले बराबरी गोल गर्ने अवसर पनि पाएको थियो तर, थिबोउट कार्टियसले असफल पारे ।

लुकाकुले जित सुनिश्चित गरे । ६९ औं मिनेटमा केभिड डि ब्रुयेनको पासमा हेड गोल गरेका उनले ७५ औं मिनेटमा दोस्रो गर्दै बेल्जियमलाई सुखद सुरुवात दिलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस