आजको खेल : पोर्चुगल की मोरोक्को ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ६, बुधबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ ।

बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । उरुग्वेले आज साउदी अरेबियाको सामना गर्दैछ । आजै अर्को समूहमा क्रिस्टिायानो रोनाल्डोको पोर्चुगल र मोरोक्को र स्पेनले इरानको सामना गर्नेछ ।

पोर्चुगल र स्पेनले पहिलो खेलमा रोमाञ्चक ३–३ को बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।

विश्व कपमा आज को को खेल्दैछन् ,कति बजे ?

समूह ‘बी’
पहिलो खेल –पोर्चुगलविरुद्ध मोरोक्को –साँझ ५ः४५ बजे
समूह ‘ए’
दोस्रो खेल– उरुग्वेविरुद्ध साउदी अरेबिया –राती ८ः४५ बजे
समूह ‘बी’
तेस्रो खेल –इरानविरुद्ध स्पेन राती– ११ः४५ बजे

ताजा अपडेट

खोजी गर्नुहोस