विश्व कपमा आज को को खेल्दैछन्, कति बजे ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ७, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । रसिया विश्व कपको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् । आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।

समूह ‘बी’ थप रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को भने बाहिरिएको छ । समूहमा पोर्चुगल र स्पेनको समान ४ अंक छ भने इरानको ३ अंक छ, जसका कारण समूह चरणको अन्तिम खेल सम्म कुर्नपर्ने भएको छ । समूह ‘ए’ र ‘बी’को दोस्रो चरणको खेल समाप्ती भइसकेको छन् । विश्व कपमा बिहीबार समूह ‘सी’का २ र ‘डी’को एक गरि तीन खेल हुँदैछ ।

समूह ‘सी’मा डेनमार्क र अस्ट्रेलिया तथा फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा अर्जेन्टिना र क्रोएसियाले एकअर्काको सामना गर्नेछन् । फ्रान्स र डेनमार्कले पहिलो खेल जितिसकेकाले आजको खेल जित्न सके नकआउट चरणको सम्भावना बलियो हुनेछ । नकआउट चरणमा पुग्ने सम्भावना बनाउनेका लागि अस्ट्रेलिया र पेरुले आजको खेलमा जित वा कम्तीमा बराबरी निकाल्नै पर्ने हुन्छ ।

दाबेदारका मध्ये एकका रुपमा हेरिएको लियोन मेस्सीको अर्जेन्टिनाले पनि अर्को चरण प्रवेशका लागि आजको खेलमा सफल नतिजा निकाल्नुपर्ने हुन्छ । अर्जेन्टिना अनेपिक्षित रुपमा पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो । क्रोएसियाले भने पहिलो खेल जितेको थियो ।

विश्व कपमा को को खेल्दैछन्, कति बजे ?

समूह सी
पहिलो खेल– डेनमार्कविरुद्ध अस्ट्रेलिया साँझ ५ः४५ बजे
दोस्रो खेल– फ्रान्सविरुद्ध पेरु राती ८ः४५ बजे

समूह डी
तेस्रो खेल –अर्जेन्टिनाविरुद्ध क्रोएसिया राती ११ः४५ बजे

ताजा अपडेट

खोजी गर्नुहोस